प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा ४ स्थानमा अग्रता कायम गरिरहेको छ। तर वाम गठबन्धनको तुलनामा कांग्रेस उम्मेद्वारहरू झिनो अन्तरमा मात्र अगाडि छन्। जबकी एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरू कांग्रेससँगको प्रतिष्पर्धामा ठूलो अन्तरले अगाडि छन्।
कांग्रेस बाजुरा, रसुवा, ललितपुर-३ र हुम्लामा अगाडि छ।
बाजुरामा प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कविराज पण्डितले ४६२२ मत पाएका छन्। उनलाई एमालेका लालबहादुर थापाले ४३६६ मत ल्याएर पछयाइरहेका छन्। बाजुरामा कांग्रेस उम्मेद्वार २ सय ५६ मतले अगाडि छन्।
हुम्लामा कांग्रेसको प्रतिष्पर्धा स्वतन्त्र उम्मेद्वारसँग छ। स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामालाई ४ सय मतले पछि पार्दै कांग्रेसका मङगलबहादुर शाहीले प्रतिनिधिसभामा अग्रता लिएका हुन्।
शाहीले ६ हजार ६ सय ६५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार लामाले ६ हजार २ सय ५१ मत ल्याएका छन्। लामा वाम गठबन्धनका बागी उम्मेदवार हुन्। बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामाले २ हजार १ सय १८ मत ल्याएका छन्।
रसुवामा कांग्रेसका मोहन आचार्य वाम गठबन्धनका जनार्दन ढकाल भन्दा अगाडि छन्। त्यहाँ नयाँ शक्तिको कांग्रेसलाई समर्थन छ। प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार मोहन आचार्य एमाले उम्मेदवार मोहन ढकालभन्दा १००० बढी मतले अगाडि छन्। आचार्यले २८९७ मत पाएका छन् भने ढकालले १७७१ मत ल्याएका छन्।
ललितपुर-३ मा प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ मा ३५०० मत गणना हुँदा नेपाली काँग्रेस अगाडि छ। काँग्रेसका मदनबहादुर अमात्यले १६५६ मत पाएका छन्। माओवादी केन्द्रकी पम्फा भुषालले १४३५ मत पाएकी छिन्। मत अन्तर २ सयको हाराहारी मात्र छ।
जबकी मुगुमा एमाले उम्मेद्वार ११ सय मतले अगाडि छन्। बझाङमा एमाले उम्मेद्वार २ हजार मतले अगाडि छन्। त्यस्तै, ताप्लेजुङमा योगेश भट्टराई ४ हजार भन्दा धेरै अन्तरले अगाडि छन्। बैतडीमा एमाले उम्मेद्वार १७ सय मतले अगाडि छन्।