नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन आफ्ना प्रतिपर्धी भन्दा झन्डै दोब्बर मत अन्तरले लिड गरिरहेका छन्।
दाङसँग सीमा जोडिएको रोल्पामा ८ हजार ८ सय ३५ मत मत गणना हुँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुनलाई ५ हजार ५१ मत प्राप्त भएको छ। उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका अमरसिंह पुनलाई भने जम्मा २ हजार ६ सय ४९ मत प्राप्त भएको रोल्पाको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएका छन्।
त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश १ मा माओवादी केन्द्रका कुलप्रसाद केसीले १ हजार ८ सय ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शेरबहादुर महराले १ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा २ मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ३ हजार ७ सय ११ र उनका प्रतिपर्धी एवम् नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले जम्मा ८ सय ६१ मत मात्रै प्राप्त गरेको जानकारी दिइएको छ।
बिहीवार बेलुका साढे ५ बजेबाट रोल्पामा मत गणना सुरु भएको थियो । रोल्पामा १ लाख २७ हजार बढी मतदाता रहेकोमा झन्डै ७० हजार मत खसेको थियो । रोल्पा र रुकुम माओवादीको आधार ईलाका मानिन्छन्।