बिहीबार झन्डै ७० प्रतिशत मतदान भएको छ। दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले ७० प्रतिशतको हाराहारीमा मतदान भएको जानकारी दिएका छन्।
उनका अनुसार यो एकिन तथ्याङ्क भने होइन। विभिन्न मतदान केन्द्रबाट फोनमा संकलन गरिएको तथ्याङ्क अनुसार ६७ देखि ७० प्रतिशतसम्म मतदान भएको मुख्य निर्वाचन अधिकृत रावलले बताए। राति अवेरसम्म सबै मतपेटिका संकलन गरिसकेपछि मात्रै यकिनका साथ भन्न सकिने उनले बताए।
उनले लगभग रातको ११ बजेसम्म जिल्लाका ३ सय ९४ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम घोराही आइसक्ने जानकारी दिए। तीन वटै निर्वाचन क्षेत्रका सबै मतपेटीहरु शंकलन भएपछि मात्रै कति प्रतिशत मत खस्यो त्यसको यकिन गरिने उनले बताए।
यसैबीच उनले आफूहरू बिहीबार रातिदेखि नै मतगणनाको लागि तयारी अवस्थामा रहेको जानकारी दिए। सर्वदलीय बैठकको निर्णय त्यसमा निर्णायक हुने उनले बताए।