कास्कीमा बिहीबार भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनामा ६७ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भीक परिणाम आएको छ।
क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले ६७ प्रतिशत मत खसेको बताए। उनले आज राति अबेरसम्म मतपेटीका आउने र भोलि दिउँसोबाट मतगणना गरिने बताए। सबै मतदान केन्द्रका मतपेटिकाहरू राति १ बजेसम्म मतपेटिका आइपुग्ने उनले बताए। भोलि बिहान सर्बदलीय बैठक बोलाइने मतगणना सुरु गर्ने उनले जानकारी दिए।
कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन्। कुल १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र थिए। कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रदेश ४ का ५ जिल्ला कास्की, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरमा ६ सय ७१ मतदान स्थल रहेका छन्। पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाको मतगणना सुरु भएको छ ।