निर्वाचन आयोगले बागलुङमा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ।
बुधबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले सो कुराको जानकारी दिएका हुन्।
मंसिर २१ गते बेलुका ५ बजे देखिनै मतगणना हुने भनि निर्वाचन आयोगले पूर्ण रूपमा तयारी गरिसकेको हो।
मतगणनाको लागि सीसी क्यामरासहित तारजाली सहितको सुरक्षाको व्यवस्था मिलाई सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए । सम्मेलनमा बोल्दै अधिकृत पण्डितले जिल्ला समन्वय समिति बागलुङको सभाहलमा मतगणनाको लागि तयारी गरिसकेको र तारजाली सहितका सुरक्षा प्रबन्ध मिलाएको उनले बताए।
जिल्लाका प्रतिनिधिसभाका २ क्षेत्र र प्रदेशसभाका ४ क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजालीभित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको छ।
मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएपनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको तारवार र जालीको कडा सुरक्षा घेराभित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने पण्डितले बताए।
मतगणना स्थलमा ८ वटा सीसी क्यामरा पनि जडान गरिएको छ। यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ। मतगणना २ वटै निर्वाचन क्षेत्रको चार चार स्थानमा गरी ८ स्थानमा प्रतिनिधि सभा र प्रदेश सभाको सँगसँगै गरिने बताइएको छ।
मतगणनाको लागि करीब १ सय २० जना कर्मचारी खटाइएको पण्डितले बताए ।