मंसिर २१ गते हुने चुनावका लागि मंगलबार बिहानैदेखि दाङमा परिचय पत्र लिनेहरूको भीड लागेको छ।
स्थानीय तहको निर्वाचनभन्दा यसपटक दाङमा ४७ हजार ७ सय ३९ मतदाता बढी थपिएका छन्। स्थानीय तहको निर्वाचनमा दाङमा कुल मतदाता संख्या दुई लाख ९१ हजार एक सय ७५ थियो भने यसपटक तीन लाख ३८ हजार नौ सय १४ पुगेको छ ।
नयाँ मतदाताहरूका लागि मतपत्र वितरण थालिएको छ। नयाँ मतदाता उत्साहित हुँदै आ–आफ्नो मतदान परिचय पत्र लिन सम्बन्धित मतदान केन्द्रहरूमा एकाबिहानै पुगेको छन्। मंगलबार बिहान सात बजेदेखि तुलसीपुर बजारको अरनीको मैदान र मावि सेन्टरमा पुग्दा नयाँ मतदाता उत्सुकताको साथ आफ्नो परिचय पत्र खोजिरहेका देखिन्थे।
[caption id="attachment_111100" align="alignnone" width="826"]
अरनीको मैदानस्थित खुल्ला चौरमा मतदान परिचय पत्र भेला भएका मतदाता[/caption]
आसन्न निर्वाचनको लागि दाङमा १ सय ५१ मतदान स्थल र ३ सय ९४ मतदान केन्द्र निर्धारण गरिएको छ। तीन निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन क्षेत्र नं. १ मा १ सय २९ , क्षेत्र नं. २ मा १ सय २८ र क्षेत्र नं. ३ मा १ सय ३७ मतदान केन्द्र रहेको दाङका सहायक निर्वाचन अधिकृत भुपेन्द्र भण्डारीले सेतोपाटीलाई बताए । कुल मतदातामध्ये एक लाख ६६ हजार एक सय पुरुष, एक लाख ७२ हजार ८ सय १२ जना महिला र २ जना तेस्रो लिङ्गी रहेको भण्डारीले बताए ।
दाङका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नं. ३ मा रहेका छन्। यस क्षेत्रमा १ लाख १८ हजार नौ सय ८७ जना मतदाता रहेको यो निर्वाचन क्षेत्रमा पुरुष मतदाताको संख्या ५८ हजार दुई सय चार र महिला मतदाताको संख्या ६० हजार सात सय ८२ रहेको छ । उक्त क्षेत्र अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (१) मा ५३ हजार एक सय ८५ र प्रदेश क्षेत्र नं. २ मा ६५ हजार आठ सय दुई मतदाता रहेका छन्।
[caption id="attachment_111101" align="alignnone" width="826"]
मावि सेन्टरबाट परिचय पत्र पाएपछि निस्किदैँ गरेका एकजना बयस्क व्यक्ति[/caption]
त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा १ लाख आठ हजार आठ सय ७० मतदाता छन्। यो निर्वाचन क्षेत्रमा पुरुष मतदाताको संख्या ५२ हजार ५५ र महिला ५६ हजार आठ सय १५ जना रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यो क्षेत्रको प्रदेश क्षेत्र नं. १ मा ५१ हजार सात सय र प्रदेश क्षेत्र नं. २ मा ५७ हजार एक सय ७० जना मतदाता रहेका छन्।
[caption id="attachment_111102" align="alignnone" width="826"]
मतदान परिचय पत्र पाएपछि हेर्दै अरनीको मैदानबाट निस्किँदै गरेका एक जना किशोर[/caption]
त्यस्तै, दाङको निर्वाचन क्षेत्र नं. १ मा एक लाख ११ हजार ९६ मतदाता रहेका छन्। जहाँ पुरुष मतदाताको संख्या ५५ हजार आठ सय ५८ र महिला मतदाताको संख्या ५५ हजार दुई सय ३६ रहेका छन्। यहाँ प्रदेश निर्वाचन क्षेत्र नंं. १ मा ५८ हजार तीन सय ९६ र प्रदेश निर्वाचन क्षेत्र नं. २ मा ५२ हजार सात सय मतदाता रहेको जानकारी दिइएको छ ।