सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहिबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए।
महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले १३ महिनाअघि भएको उक्त नियुक्तिविरुद्द मुद्दा हालेका थिए।
मुद्दा दायरकर्ताले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका छन्।