रुकुम पश्चिमको बाफिकोट गाउँपालिकास्थित एउटा मतपेटिकामा आफैँ आगो लागेपछि अहिले मतदान स्थगित भएको छ।
बाफिकोट गाउँपालिका वडा नं. ५ स्थित रत्नमाविको (क) मतदान केन्द्रमा रहेको प्रतिनिधिसभा सदस्यको मतपेटिमा आफैँ आगो लागेपछि मतदान स्थगित भएको रुकुका प्रहरी प्रमुख एवं डिएसपी राजेन्द्रप्रशाद धमलाले जानकारी दिए ।
उक्त मतपेटिकामा २ सय ५० वटा मत खसेको थियो । मतदान गर्न गएका कुनै एकजना व्यक्तिले उक्त मतेपेटिकामा एसिड हालेको आशंका गरिएको छ। ‘एक्कासी आगो लागेको भनिएको छ । तथ्य अझैं खुलेको छैन,’ प्रमुख धमलाले बताए ।