निर्वाचन पर्यवेक्षकहरूले सरकार आफैँले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाएका छन्।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षण समिति जियोकका अध्यक्ष हिमालय शम्शेर राणाले सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न नसकेको देखिएको स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्वाचन पर्यवेक्षकहरूले स्थानीय तहको निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि निर्वाचन आयोग सरकारसामू निरिह देखिएको बताएका छन्।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि देशभर करीब ४५ हजार ५ सय पर्यवेक्षकहरू परिचालन गरिएको छ।
निर्वाचनको पर्यवेक्षणका लागि पर्यवेक्षण कल सेन्टरको समेत स्थापना गरिएको छ ।