सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकले सहायता बापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो।
बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।