गृह मन्त्रालयले निर्वाचनको संघारमा ३ जिल्लाका सिडिओको सरुवा गरेको छ।
सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदिश बराल र रसुवाका हिरादेवी पौडेलको सरुवा भएको गृह मन्त्रालयले पुष्टी गरेको छ।
उनीहरूको स्थानमा नुवाकोटमा वीरेन्द्र यादव, रसुवामा चोमेन्द्र न्यौपाने र सोलुमा सुनिल खनाललाई पठाइएको छ। निर्वाचन आयोगसँग सहमति लिएर उनीहरूको सरुवा गरिएको गृह मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए।
यसैबीच, नुवाकोटका एसपी वीरेन्द्र बस्याललाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ। उनको स्थानमा काजमा एसपी बसन्त कुँवरलाई पठाइएको छ।