राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष एवम् वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम निष्क्रिय पारिएको छ ।
भरतपुर महानगरपालिका वडा नं २ स्थित उनको घरको कम्पाउण्डमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार बिहान निष्क्रिय पारेको हो । बम दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको प्रहरीले बताएको छ। बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाे थियो । प्रहरीका अनुसार कम क्षति बनाउने बम राखिएकोले तर्साउनका लागि बम राखिएको हो ।
पाण्डे लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। उनको निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो ।
https://youtu.be/sBGiuOxvEgs