लमजुङको सदरमुकाम बेशीसहरमा भोलि (मंसिर २ गते शनिबार) लोकतान्त्रिक गठबन्धनको आयोजनामा बृहत आमसभा हुने भएको छ ।
आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि सम्बोधन गर्नेछन्।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा परेको लमजुङको चुनावी प्रचारलाई उत्कर्षमा पुर्याउन फुलबारी मञ्च बेशीसहरमा आयोजना गरिने आमसभालाई नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकका जिल्ला स्तरीय नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइरालाका अतिरिक्त प्रतिनिधि सभा लमजुङका उम्मेद्वार दिलबहादुर घर्ती, प्रदेश नं (क) का उम्मेद्वार गर्जबहादुर गुरुङ, प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लोकतान्त्रिक गठबन्धनका दलले यतिबेला चुनावी अभियानलाई तीव्रता दिएको छ।