पूर्वसभामुख दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने चेतावनी दिएका छन्।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च भईरहेका बेला पूर्व सभामुख ढुंगानाले यस्तो परिपाटी तत्काल बन्द नभए लोकतन्त्र खतरामा पर्ने र मुलुककै भविष्यमाथि गम्भीर आघात पार्ने प्रष्टयाए।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका उनले एउटा गरीब तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने गरेको भन्दै चिन्ता पनि व्यक्त गरे।
बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व सभामुख ढुंगानाले निर्वाचनमा हुने अधिक खर्चलाई लोकतन्त्रको विषको संज्ञा दिँदै नियन्त्रणका लागि पहल गरिदिन संचारकर्मीहरूसँग आग्रह पनि गरे।
पूर्व सभामुख ढुगानाले नेपाल मजदूर किसान पार्टीलाई आफूसहित नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा विजयी गराउन पनि आग्रह गरे।