सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन्।
अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विपरित अघि बढिरहेको आरोप लगाएका छन्।
चितवनमा स्थानीय संचारकर्मीमाझ उनले बुढीगण्डकी जलविद्युत आयोजना चीनलाई निर्माण गर्न दिने आफू नेतृत्वको सरकारको निर्णय खारेज गरेबाट सरकार मुलुकको आर्थिक समृद्धि र विकासको बाधक बन्न गएको पुष्टी भएको दाबी गरेका छन्।
दाहाल नेतृत्वको सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।
अध्यक्ष दाहालले मुलुकमा अप्ठयारो परिस्थिति आउन नदिन सरकारबाट हट्ने निर्णय नलिएको बताए ।
https://www.facebook.com/setopati/videos/1655485814521985/