नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी गठबन्धनलाई लोकतान्त्रिक शक्तिको रूपमा नेपाली कांग्रेसले आइएसओ प्रमाणित गर्न आवश्यक नरहेको बताएका छन्।
काठमाडौंका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको परिचयात्मक कार्यक्रममा ओलीले प्रश्न गरे - 'हामी लोकतान्त्रिक होऔँ भन्नका लागि सानेपाले आइएसओ प्रमाणित गर्नुपर्ने?' 'सानेपाबाट लोकतन्त्र प्रमाणीत चिन्ह लिनुपर्ने भ्रम कांग्रेसले नपाले हुन्छ', ओलीले भने, ‘हो हामीले कम्युनिष्ट र वामपन्थी सरकार बनाउन खोजेको हो। त्यसमा कांग्रेसले दुविधा नराखे हुन्छ।'
उनले वाम गठबन्धनको स्थिरताका लागि भएको बताए। उनले कांग्रेस विचार नभएको रित्तो भाँडो भएको आरोप लगाए।