दुईसाता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीले आफू अब नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहने बताएका छन्।
नवलपरासीको अमरापुरीमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पहिलो पटक बोल्दै चौधरीले कांग्रेसबाट सक्रिय राजनीतिको विधिवत सुरूअात गरेको बताए ।
‘राजनीतिमा चासो राख्दै आएपनि सक्रिय थिइनँ ’उनले भने ‘ आजैदेखि मेरो जीवन कांग्रेसको सक्रिय राजनीतिमा समर्पण गर्दछु।’
२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भैरहेको बताउदै समृद्ध आर्थिक नीतिले मात्र लोकतन्त्र बलियो हुने बताए।
नेपाली कांग्रेसले दिएको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारीलाई आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले नेपाली कांग्रेसले लिने आर्थिक निति र सम्पन्नताको खाका कोर्ने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए।
‘म विदेश भ्रमणमा रहँदा मेरो व्यक्तिगत प्रगतिको प्रशंसा गर्नेहरूले देशको आर्थिक अवस्थाका बारेमा सोध्दा आफूसँग जवाफ नै नहुने गरेको स्मरण गर्दै उनले अब कांग्रेसले समात्ने आर्थिक नीतिको बोटो नै भविष्यमा त्यसको उत्तर हुने’ चर्चा गरे ।
मतदाता धेरै सचेत भैसकेको चर्चा गदै उद्योगपति तथा नेपाली कांग्रेसबाट समानुपातिकका तर्फका सभासद समेत रहेका चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरूको खाका आफूसँग रहेको र त्यो पार्टीलाई सुम्पिने बताए।