नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मुख्य अभियुक्तसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन ।
३ बजे महेन्द्र पुलिस क्लबमा पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको बताएको छ ।
असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ ।
‘हामीले मुख्य अभियुक्तसहित ३ जना पक्राउ गरेका छौं। अरू विस्तृत जानकारी पत्रकार सम्मेलनमा नै दिनेछौं’ डीअाईजी गणेश केसीले भने।
शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा उनलाई गोली हानिएको थियो ।