राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन आयोगले आचासंहिता कार्यान्वयन गराउन नसकेको बताएका छन्।
मंगलबार घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केसीले सत्तारुढ दलहरूले आचासंहिता उल्लंघन गरिरहँदा पनि आयोग निरिह बनेको आरोप लगाएका छन्।
‘आचारसंहिताको पालना गराउन लगाउने निकाय नै रमिते बनेको छ । सरकार र सरकारमा सामेल भएका दलहरूले खुलेयाम आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोग केही गर्न नसक्ने निरिह जस्तै देखिएको छ’ केसीले भने।
अध्यक्ष केसीले बाढी पीडितलाई तत्काल दिनुपर्ने राहत आजसम्म रोकेर राखेको सरकारले चुनावको मुखमा साढे ४ अर्ब बाड्नु निर्वाचन जित्नका लागि रणनीति अपनाएको उनको आरोप छ।
निर्वाचन आयोगजस्ता कानून कार्यान्वयन गराउने निकाय स्वतन्त्र हुनुपर्ने भएपनि यो वा त्यो वहानामा सरकारले हस्तक्षप गरेको अरोप केसीले लगाए ।