अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारबाट पार्टी प्रवेश गराएका हुन्।
अनुराधा चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन्। उनले माइती नेपाल नामक संस्थामार्फत बेचबिखन भएका चेलिबेटी उद्दार र सामाजिक पुर्नस्थापनाका लागि पनि काम गर्दै आएकी छिन्।
कोइराला विगतमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महिला तथा बालबालिका मन्त्री बनेकी थिइन्। पार्टी प्रवेशपछि कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताईन्।