नेपाली कांग्रेसले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सक्रियतापूर्वक परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई पुनः निर्देशन दिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय चुनाव परिचालन समितिका संयोजक बालकृष्ण खाँडले निर्वाचनमा पार्टीलाई विजयी बनाउन गाउँगाउँमा परिचालित हुन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका भातृ संगठनका नेताहरूसँग सामूहिक छलफल गर्दै उनले मुलुकमा कम्युनिष्ट अधिनायकवादी शासन व्यवस्था ल्याउन नदिने गरी निर्वाचनमा परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। संयोजक निधिले लोकतन्त्रको रक्षा र राष्ट्रियताको सुदृढिकरणका लागि पनि नेपाली कांग्रेस विजयी हुनुको विकल्प नरहेको दाबी गरे।
नेपाली कांग्रेसले एमाले र माओवादी गठबन्धनले मुलुकमा एकदलीय तानाशाही व्यवस्था ल्याउन चुनावी तालमेल गरेको आरोप लगाउँदै लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टीलाई मतदान गर्न आम मतदातालाई पनि आह्वान गर्दै आएको छ।