ललितपुर महानगरपलिकाका मेयर चिरीबावु महर्जन एशिया प्यासिफिक क्षेत्रका मेयरहरूको अधिवेशनबाट कार्यसमिति सदस्य मनोनित भएका छन्।
श्रीलङ्काको राजधानी कोलम्बोमा भएको अधिवेशनबाट मेयर महर्जन १३ सदस्यीय कार्यसमिती सदस्यमा मनोनित भएका हुन्।
कार्यसमितिले नगरपालिकाको विकास निर्माणको प्रस्ताव अध्ययन गरी प्राथमिकताको आधारमा काम गर्नेछ। सम्मेलनमा विभिन्न देशका १ सय ३८ नगरपालिकाको सहभागिता रहेको थियो।
४ देखि ८ नोभेम्वरसम्म भएको सम्मेलनमा नेपालबाट ललितपुर, भरतपुर, पोखरा–लेखनाथ, विराटनगर, विरगञ्ज महानरपालिका, धरान, हेटौंडा र बुटवल उपमहानगरपालिकाको सहभागिता थियो।