जनगणतन्त्र स्थापना गर्न आह्वान गर्दै मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीसहितको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
मोर्चाका संयोजक सीपी गजुरेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका हुन्।
मोर्चाले संविधानको भण्डारफोर गर्दै जनगणतन्त्र स्थापनाका लागि चुनावलाई उपयोग गर्न लागिएको पनि स्पष्ट पारेको छ । मोर्चाका संयोजक गजुरेलले अन्य राजनीतिक दलहरूलाई निषेध गरेर केही दल मात्रै राज गर्ने खालको शासन व्यवस्थाको विरुद्ध जनमत संकलन गर्न निर्वाचनमा होमिनु परेको स्पष्ट पारे।
मोर्चाले जारी गरेको घोषणा पत्रमा नयाँ जनवादी व्यवस्थाको स्थापनाको तयारी गर्ने, सबै असमान सन्धी सम्झौताहरू खारेज गर्ने, विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने लगायतका प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
https://www.facebook.com/setopati/videos/1647255302011703/