नेपाली कांग्रेसले निर्वाचन परिचालन समितिमा उद्योगपति विनोध चौधरीलाई राखेको छ।
बालकृष्ण खाणको संयोजक रहेको यो समितिलाई मंगलबार पूर्णता दिएको कांग्रेसले जनाएको छ। केही समय अघि संयोजक तोकेर मात्र यो समिति गठन गरिएको थियो।
७५ सदस्यीय यो समितिमा केही अघि कांग्रेस प्रवेश गरेका उद्योगपति चौधरीलाई पनि सदस्य नियुक्ति गरिएको कांग्रेसले जनाएको छ। उनलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाइसकेको छ। केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेलाई उक्त समितिको सहसंयोजक बनाइएको छ।समितिमा केन्द्रिय सदस्य दिलेन्द्र बढु, मानबहादुर विश्वकर्मा, कमला पन्त लगायत छन्।