मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई वाम गठबन्धन भन्न नमिल्ने दाबी गरेको छ।
पार्टीका महासचिव वैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई वाम गठबन्धन भन्न नमिल्ने तर्क गरेका हुन्। अक्टोबर क्रान्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन प्रतिक्रियावादीकरण भएको दाबी गरे।
महासचिव वैद्यले नयाँ ढंगले क्रान्तिको तयार गर्न पनि बामपन्थी शक्तिहरूलाई आह्वान गरे। महासचिव वैद्यले सर्वहारा क्रान्तिको सिद्धान्त अविनाशी भएको बताए।
https://www.facebook.com/setopati/videos/1646126762124557/