चुनावको मुखमा नेपाली कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भूलाल श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिएका छन्।
माओवादी केन्द्रको तर्फबाट ऊर्जा राज्यमन्त्री नियुक्त भएका श्रेष्ठसहित अन्य माओवादी मन्त्रीलाई माओवादीले एमालेसँग चुनावी गठबन्धनमा गरेपछि प्रधानमन्त्री देउवाले बिनाविभागीय बनाएका थिए।
श्रेष्ठले सर्लाही–१ बाट कांग्रेसले आगामी प्रतिनिधि सभाका लागि टिकट समेत दिएको छ।