वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ ।
तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गरेको हो।
घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ।
आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ ।
हेर्नुहोस् लाइभ
https://www.facebook.com/setopati/videos/1645922328811667/