एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (बिपी) पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको छ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेपाली कांग्रेस (बिपी) पार्टीका सभापति हरिबोल भट्टराईले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी २ पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै दुवै नेताहरूले मुलुकलाई राष्ट्रवादी प्रजातान्त्रिक धारको आवश्यकता भएकाले २ पार्टी बीच चुनावी तालमेल र त्यसपछि पार्टी एकता गर्ने निर्णय लिनु परेको बताएका छन्।
लोहनीले दुई पार्टीबीचको एकताबाट जनताको सर्वोच्चताको सम्मान हुने दाबी गरे।