नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको प्रभाव क्षेत्र रहेको निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार देखिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको चुनाव क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि भने तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चुनाव लड्दै गरेको निर्वाचन क्षेत्र २ मा भने एकजना व्यक्तिमात्रै स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लामा सबैभन्दा चासो महरा उम्मेदवार बनेको क्षेत्र २ र गिरी उम्मेदवार बनेको क्षेत्र ३ मा नै सबैको ध्यान केन्द्रीत रहेको छ।
जिल्लाको हैसियतमा सबैभन्दा ‘हेभीवेट’ नेता दीपक गिरी र कृष्णबहादुर महरा र शंकर पोख्रेल उक्त निर्वाचन क्षेत्रमा चुनाव भिड्न लागेको हुँदा पनि सबैको ध्यान खिचेको हो । दाङमा महिलालाई स्थान भने नेपाली कांग्रेसले मात्रै दिएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि १ नम्वरबाट कांग्रेसले सुशीला चौधरीलाई अगाडि सारेको छ।
त्यस्तै, एमालेले प्रतिनिधि सभा सदस्य पदका लागि दुईजना नयाँ अनुहार हिरा चन्द्र केसीलाई ३ नम्वरबाट र मेटमणि चौधरीलाई १ बाट मैदानमा उतारेको छ । त्यो बाहेक सबै पार्टीका अधिकांश पुरानै अनुहार फेरि मैदानमा उत्रिएका छन्।