पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले बालकृष्ण ढुंगेलको भन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) जेल गएको भए उपयुक्त हुने प्रतिक्रिया दिएका छन्। गत साउन ३२ गते पार्टी अध्यक्ष प्रचण्डलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा पत्र बुझाएका उनले ढुङ्गेललाई मिलेर फसाइएको भन्दै ढुङ्गेल भन्दा पार्टी अध्यक्ष प्रचण्ड पक्राउ परेको भए न्यायोचित हुने तर्क गरेका छन्।
उनले ढुङ्गेल पक्राउ परेकोले त्यसको भारी भविस्यमा प्रचण्डलाई खेपी नसक्नु हुने दाबी गरे।
ओखलढुङ्गाका उज्जन श्रेष्ठ हत्या प्रकरणमा दोषि ठहर गर्दै सर्वोच्चले २०६६ साल पुस १९ गते सर्वश्वहरण सहित जन्मकैदको सजाय पाएका पाएका ढुंगेलले प्रहरीकले केही दिन अगाडि पक्राउ गरेको छ।
पार्टी सञ्चालन पद्धती प्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएर स्वतन्त्र भएका उनले भने, ‘म प्रचण्डको पनि हैन, वैद्यको पनि हैन, विप्लव र बाबुरामको झनै हुँदै होइन। तर, म एउटा अनुसासित कम्यूनिष्ट हुँ र नमर्दासम्म एक्लै भए पनि त्यही रुपमा रहन चाहान्छु।’
प्रचण्डले पार्टी कार्यकर्ताको भावना अनुसार हाँक्न नसकेको उनले आरोप लगाए। किन पार्टीवाट राजिनामा दिनुभयो ? भन्ने प्रश्न गर्दा उनले भनेका थिए ‘मुख्य कुरा पार्टीको नीति, विधि पद्धती विग्रियो पार्टीमा अनुशासन रहँदैन भने त्यसमा बसेर के काम,’ उनले भने।
विष्टले एमालेसँग अपवित्र गठवन्धन गर्नु ठूलो गल्ति भएको औल्याए। ‘यदी गठवन्धन गर्नु नै थियो भने प्रधानमन्त्री शेरवहादुर देउवालाई स्पष्टसँग भनेर माओवादीका मन्त्रीहरुलाई फिर्ता गराएर म एमालेसँग गठवन्धन गर्छु भनेको भए प्रचण्डलाई म सलाम गर्थेँ,’ उनले भने।
पार्टीमा चरमा गुटवन्दी र भ्रष्टचार व्याप्त रहेको भन्दै उनले कवि लेखनाथ पौडेललाई स्मरण गर्दै उनले भने, ‘मै खाउँ, मै लाउँ...अरु सबै’ भन्ने प्रवृति पार्टीमा हावी भयो,’ उनले भने, ‘मैले पनि चाहेको भए टिकट मज्जाले ल्याउन सक्थे तर म त्यो चाहन्न।’
उनले प्रचण्डको वरिपरी परिक्रमा गरेको भए, एक गाडी पैंसा दिएको भए वा पहुँच विस्तारका लागि हल्ला खल्ला गरेको भए सजिलै टिकट पाउने दाबी गरे। राजनीति स्वच्छिक हुनुपर्ने र यसलाई कसैले पनि आजिवन कमाउने पेशा बनाउन नहुने बताए।
अमेरीकाका पूर्व राष्ट्रपति वाराक ओवामाले हाल फेरि पुरानै कम्पनीमा काम गर्न थालेको तथा उनकी छोरीले होटेलमा काम गरिरहेको उदाहरण दिँदै मगरले पदमुक्त भएपछि सबैले सम्मानपूर्वक काम गर्नुपर्ने बताए।
उनले पछिल्लो वाम गठवन्धनको उदेश्य प्रचण्ड कार्यकारी राष्ट्रपति र केपी ओली प्रधानमन्त्री बन्नु तथा केही वर्ष सत्ता भोग गर्नु भन्दा अर्को केही नरहेको दाबी गरे।
‘महरा भन्दा ठूलो म हुँ’ विष्टदेश दुनिया निर्वाचनमा होमिएको समयमा पूर्व मन्त्री लोकेन्द्र विष्ट मगर भने तुलसीपुर १९ विजौरी स्थित खेतमा धान काटन तल्लिन थिए। तुलसीपुर–घोराही सडक खण्डको उत्तर झन्डै २–३ किलोमिटरको दूरीमा रहेको उक्त खेतवाट कृष्णबहादुर महराहरू तुलसीपुरबाट फर्किदै गरेका गाडीका लावा लस्कर सजिलै देख्न सकिन्थ्यो। तर, उनलाई भने नजिकै आएको निर्वाचन र महराको बारेमा कुनै वास्ता थिएन। उनले दाङबाट उम्मेदवार बन्नेबारे सुनेको भए पनि दाङ आएको बारेमा अनभिज्ञता प्रकट गरे। त्यतिबेला उनले भनेका थिए-‘कृष्णबहादुर महरा म भन्दा दुई वर्ष पछि सिसिएम भएका हुन् र उनी भन्दा ठूलो म हुँ।’
तर, हामीले धान काट्न व्यस्त उनलाई रोकेर घोराही जाँदै गरेका महराका गाडिहरुको लस्कर देखाइदिँदा भने उनले मज्जाले हाँसे। ‘चुनावको बेलामा गरिने यस्तो तडक भड्क र हा–हा– हुँहुँको कुनै अर्थ छैन,’ उनले थपे ‘ सयौं युवा र गाडी घोडाको परिचालन आफैंमा भ्रष्टचार हो।’
उनले पार्टी मात्रै हेर्नु भन्दा व्यक्तित्व हेरेर मतदान गर्नुपर्ने बताए। गलत मान्छेलाई मतदान गर्दा भोलि समस्या हुनाले पार्टी भन्दा व्यक्ति हेर्न उनको आग्रह छ। हाल काठमान्डौं १३ काँडाघारी निवासी विष्टको मतदाता नामावली पनि त्यँही छ । मतदान गर्न जानु हुन्छ भन्ने सवालमा उनले ‘नो पोलिटिक्स एण्ड नो इलेक्सन’ भन्ने जवाफ दिए। उनले भोट हाल्नु र नहाल्नु दुबै चुनावको महत्वपूर्ण पाटो भएको बताए । तर उनले हाँस्दै आफूलाई विप्लवको आरोप नलगाउन आग्रह गरे ।
धान काट्ने चटारोतुलसीपुर १९ विजौरी बाउसे सहित पूर्व मन्त्री विष्ट मगर लगाएत १३ जनालाई धान काटन निकै चटारो थियो । जहाँ पूर्व मन्त्री विष्ट र उनका दुई जना साथीहरु विरबहादुर बुढा र प्रशाराम खत्रीले साढे ४ विगाहा जग्गा एक वर्षको लागि झन्डै एक लाख रुपैयामा भाडामा लिएर कालो धान खेती गरेका छन्।
उनका थप दुई जना पार्टनर र अन्य सबै खेताला थिए। उनको खेतमा पुग्दै गर्दा उनले अग्लो हात लप्काएर हँसियाको साहयताले खेतमै आउन आग्रह गरे। नजिकै पुग्न लाग्दा उनले हाँस्दै भने ‘न झुक्किनु होला, जुँगाबाट चिन्नुहोला।’
अरु नेपालीले पनि यसैगरी जुँगाले नै चिन्ने उनले बताए। उनको देव्रे हातको कान्छी औंला टालोले बेरिएको थियो। त्यो घाउ उनलाई धान काट्दै गर्दा दुई दिनअघि लागेको रहेछ। हात खुट्टामा कोतेरका दागहरु प्रष्टै देखिन्थे। उनका साथीहरु बुट लगाएर हिलोमा धान काट्दै गर्दा उनी भने खाली खुट्टा हिलोमा धान काटिरहेका थिए। धान काट्दै गरेको फोटो खिच्दा उनले रमाईलो गर्दै भने ‘मोरोले धान काट्दा पनि पोज दिएछ भन्लान्, जस्तो छ त्यस्तै खिच्नुहोस् है।’
त्यँही आलिको डिलमै बसे र हाँस्दै भने ‘ओ हो तपाईँहरू हिलो लाग्ला है , अनि कपडा विग्रिएला ख्याल गर्नुहोस्।’
सुरूमा कतिमा जग्गा लिजमा लिएको भन्ने प्रश्न गर्दा उनी अकमकाए। धान काट्दै गरेका आफ्ना दुबै पार्टनरलाई पनि बोलाए। कारण, कारोबार उनीहरु नै हेर्दा रैछन् । नेपालको कृषि प्रणाली,कृषकले भोग्नु परेका समस्या र राज्यको दायित्वको वारेमा समेत कुरा गर्दा गर्दै उनले बाउसेलाई भने लौ है राम्रोसँग सम्हालेर राख्नुहोस् – किनकि एउटा धानको वालोलाई १० पैंशा पर्छ।
फेरि नजिकै एक जनाले चराउँदै गरेको भैंसीको पाडो आएपछि उनले ती किसानलाई पनि त्यसैगरी खबरदारी गरे ‘ए बुवा धान खाला है, हेर्नुहोस्।’ बीचमै उनले आफूलाई श्रम गर्दा नै सुन्तुष्टि मिल्ने गरेको बताए।
के हो कालो धान ?कालो धान (बल्याक राईस) नेपालमा मित्रिएको ७ वर्ष भन्दा बढी नभएको पूर्व मन्त्री विष्टले बताए। दाङमा ५ वर्ष पहिले सरुण वाँठाले यस्लाई पहिलो पटक भित्र्याएका हुन्। विष्टले भने पहिलो पटक दाङमा यसको खेती गरेका हुन्।
यसअघि उनले काभ्रेमा खेति गरेका थिए । बल्याक डाईमण्ड अर्थात कालो हिराको नामले चिनिने यो काल धान महंगो छ। यस्का उपयोगिता पनि धेरै छन्। विष्टका शब्दमा कालो धानको प्रयोगले क्यान्सर, प्रेसर, सुगर, अलजाईमर, दम, बाथ, यूरिक एसिड लगायत १२ देखि १५ वटा रोगको लागि निकै किफायती छ।
कालो धान अन्य धानको तुलनामा २० देखि ५० गुणा बढी तागतिलो भएको उनले बताए। तीन वर्ष पहिले प्।तिकेजी एक हजार रूपैयाँ पर्ने यसको विउ अहिले ५ देखि ६ सय रूपैयामा पाइन्छ।
दाङमा उत्पादन गरेको धान काठमाडौंमा लगेर विक्रि गर्ने बताए। ‘दंगालीले अझैं कालो धानको महत्व बुझिसकेका छैनन् र यहाँ बेच्न मुस्किल पर्छ,’ उनले भने।
चामल यसअघि प्रतिकेजी ७ सयमा बिक्रि गरेको भए पनि यसपाली होलसेल ३ सयदेखि ५ सय सम्म बेच्ने उनको योजना छ।
१३ हजार वर्ष पहिले चीनमा निषेधित कालो धान चीनका तत्कालिन बादशाहले त्यति किफायति र पोषणतत्वयुक्त धान सर्वसाधारणले खान नपाउन भनेर खेति गर्न प्रतिवन्ध लगाएका थिए। पछि जनताले विद्रोह गरेर यसको खेति सुरु गरेको उनले जानकारी दिए।
पूर्व मन्त्रीलाई म जस्तै गरि काम गर्न चुनौती दिन्छु – विष्टयसैबीच मगरले आफूले जस्तै काम गरेर देखाउन पूर्व मन्त्रीहरुलाई चुनौती दिएका छन् । ‘कतिपयले कुरा काटेको सुनेको छु, त्यसले मलाई अत्यन्तै पीडा हुन्छ’ उनले थपे ‘ अर्काको कुरा काट्नुभन्दा सकेसम्म श्रम गर्नु राम्रो हो।’
दुई/दुई पटक मन्त्री भएको संसदको उपभोग गरेको कुनै पनि मन्त्रीले म जस्तै गरि हिलोमा पसेर यसैगरी श्रम गर्न नसक्ने उनको दाबी थियो। ‘यही नै हाम्रो देशको विडम्वना हो,’ उनले भने, राजनीति सेवा नभइ कमाउने धन्दा बनाउन हुन्न।’