आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई विजयी बनाउनका लागि सहयोग गर्ने उद्धेश्यका साथ नेपाल प्रेस युनियन दाङले जिम्मेवारी तोकेको छ। युनियन जिल्ला कार्यसमितिको शनिबार घोराहीमा बसेको बैठकले ३ वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी दिएको हो ।
क्षेत्र नम्वर १ प्रतिनीधि सभाका लागि समन्वय गर्न सपना बोहरा,प्रदेश सभा १ मा देवेन्द्र बस्नेत र २ मा यादवनाथ योगी, क्षेत्र नम्वर २ प्रतिनिधि सभाका लागि समन्य गर्न आरके सीतल, प्रदेश सभा सदस्य १ मा अमरराज आचार्य,२ मा बिष्णु देबकोटा र क्षेत्र नम्वर ३ प्रतिनिधि सभामा समन्वय गर्न सुवास डिसी,भरतराज शर्मा,प्रदेश सभा १ मा समन्वय गर्न चेतन रेग्मी, बालाराम खडका र गोपाल शर्मा भट्टराई र प्रदेश सभा २ सदस्य उम्मेदवारका लागि समन्वय गर्न लक्ष्मण बस्नेत र प्रकास डाँगीलाई जिम्मेवारी तोकिएका छ।
संयोजकले आफ्नो क्षेत्रका युनियनमा आवद्ध पत्रकारहरुसँगको समन्वयमा समिति बनाएर उमेदवारहरुसँगै रिपोर्टिङमा खट्ने प्रेस यूनियनले जनाएको छ।
जिल्ला अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा बसेको बैठकले गत भदौमा सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्षमा विजयी सल्लाहकार विपुल पोख्रेललाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको छ।
त्यस्तै सोही निर्वाचनबाट प्रेस युनियनको समर्थनमा विजयी दाङका पत्रकारहरु गोविन्द आचार्य अध्यक्षमा र उदय जिएम सचिवमा विजयी भएकोमा बधाई सहित सफलताको शुभकामना दिएको छ ।