प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् ।
त्यसैगरी प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।
प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा छानिने छन् भने प्रदेशसभातर्फ २२० समानुपातिक सांसद हुनेछन् । प्रमुख दलहरुले सबै सिटका लागि नामावली बुझाएका छन् भने साना पार्टीले थोरै सिटमा नामावली बुझाएका छन् ।
राजनीतिक दलहरूले असोज २९ गते समानुपातिक प्रणालीबाट चुनिने प्रतिनिधिसभाको १ सय १० तथा ७ वटा प्रदेशसभाका लागि निर्धारित २ सय २० सिटका लागि बन्दसूची आयोगमा बुझाएका थिए । निर्वाचन कार्यतालिकाअनुसार नमिलेका विषय सच्याएर कात्तिक १२ भित्र संशोधित सूची बुझाइएको थियो ।
निर्वाचन आयोगका सचिव वेगेन्द्र शर्मा पौड्यालका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ ।
आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिबासी पुरूष ७८३ र महिला ९३१ जना छन् ।
त्यसैगरी खस आर्यतर्फ पुरूष ८६७ र महिला ९९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष १५८ र महिला २६२ जना छन् भने दलित उम्मेदवारहरु पुरूषतर्फ ३४२ र महिलातर्फ ४९६ जना छन् । त्यस्तै मधेसी समुदायबाट पुरूष ४५५ र महिला ५६३ जना बन्सूचीमा समेटिएका छन् ।
मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको निर्वाचन आयोगले जनाएको छ ।
‘दलहरूले बुझाएको संशोधनसहितको सूची जस्ताको त्यस्तै सार्वजनिक