दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा उल्लासपूर्ण मनोनयन दर्ता भएको छ। नेपाली कांग्रेस र वाम गठवन्धनमा आवद्ध दल र अन्य साना दलहरुले पनि नाच्दै गाउँदै झाँकी जुलुस सहित मनोनयन दर्ता गराउन गएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभा, श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै क्षेत्र नं. २ मा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री कृष्णबहादुर महराले प्रतिनिधि सभा र एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल प्रदेश सभा (क) मा मनोनयन दर्ता गराएका छन्।
कांग्रेसले उम्मेदवारहरु घोराही स्थितजिल्ला पार्टी कार्यालयमा भेला भएर पौने चारवजेतिर वाजा गाजासहित उम्मेदवारी दर्ता गर्न गएका थिए। कांग्रेस दलबलसहित जाँदा घोराहीमा झन्डै आधा घन्टा जति यातायातका साधन ठप्प बनेको थियो।
त्यस्तै बाम गठवन्धनले भने शहिद चोकमा आमसभा गरेको थियो। जस्लाई शंकर पोख्रेल र कृष्णबहादुर महरा लगायतका नेताले सम्वोधन गरेका थिए। कांग्रेसको लोकतान्त्रिक गठवन्धन निर्माणको सवाल अपवित्र र अश्वाभाविक रहेको महराले बताए । वाम गठवन्धनले पार्टीको संख्या घट्ने, स्थायी सरकार बन्ने र वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्ने बताए । उनले आफूले जितेमा दाङलाई प्रदेश राजधानी बनाउने तथा पश्चिम नेपालको हवका रुपमा विकास गर्ने दाबी गरेका थिए । ‘ शंकर जीको केपी जीलाई सोझै प्रभाव पार्न सक्नु हुन्छ र म प्रचण्डलाई त्यसैगरी प्रभाव पार्न सक्छु, त्यसैले वाम हामीले जितेमा दाङको भविस्य सुनिश्चित हुन्छ ।’ महराले भनेका थिए । एमाले नेता पोख्रेलले निर्वाचन पछि मुलुकमा ५/७ वटा पार्टी मात्रै रहने बताए । उनले यतिधेरै पार्टी मुलुकले थेग्नै नसक्ने बताए। पोख्रेलले चुनाव जित्नका लागि भन्दा पनि फरक उदेश्यले गठगन्धन निर्माण भएको बताए।
दीपक गिरीले कोमल वलीलाई भने वामगठवन्धन तपाँईलाई सुहाउँदैनबिहीवार दिउँसो चार बज्नै लाग्दा मुख्य निर्वाचनको कार्यालय परिसरमा पालो कुरी रहेका काँग्रेस नेता दीपक गिरीले राष्ट्रिय झन्डा वोकेर स्वतन्त्र उम्मेदावरी दिन आउँदै गरेकी कोमल वली नजिक पुगे । जहाँ स्रम तथा रोजगार मन्त्री पनि पुगे । त्यतिकैमा दीपक गिरीले कोमल वलीलाई धन्यवाद दिए । त्यसपछि गिरीले कोमल वलीलाई वाम गठवन्धन नसुहाउने बताए ।‘तपाँई जस्तो प्रजातन्त्रमा आश्थावान व्यक्ति वाम बन्दा पटक्कै सुहाएको थिएन’ काँग्रेस नेता गिरीले थपे ‘भाग्य र दैवले तपाँईलाई वाम गठवन्धनवाट पञ्छाइ दिए,यो तपाँइको लागि अहो भाग्य हो ।’उनको कुरा सुनेर वली हाँसिन र त्यसमा सहमती जनाएकी थिइन ।
त्यस्तै दाङ देउखुरी जिल्ला अदालतमा मनोनय दर्ता गराएर वाहिर निस्किदै गर्दा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य राजु खनालले मनोनयन दर्ता गराउन बसिरहेका कृष्णबहादुर महरालाई दाजु नमस्कार भनेर हात जोड्दै नजिकै पुगे । महराले पनि उनलाई सम्मान पूर्वक हात मिलाए । उनीहरुले स्वास्थ्य अवस्था वारे सम्वादत गरे । त्यसपछि महराले हाँस्दै भने ‘म तँपाईलाई भोट हाल्छु र उहाँले मलाई भोट हाल्नु हुन्छ ।’ यो कुरा सुन्दा त्यहाँ उपस्थित सबै पत्रकारहरु मज्जाले हाँसेका थिए । त्यसपछि प्रतिनिधि सभा सदस्य पदका उमेदवार राजु खनालले उनकै क्षेत्रवाट प्रदेश सभा (क)का उम्मेदवार तथा एमाले नेता शंकर पोख्रेलसंग पनि त्यसैगरी सौहार्द पूर्ण रुपमा हात मिलाए । सफलताको शुभकामना दिएका थिए ।
वलीको बागी उम्मेदवारमाओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सदस्य एवं पूर्व सांसद कुवेर वलीले दाङ क्षेत्र नं. ३ क मा उम्मेदवारी दर्ता गराएका छन् । आफ्नै पार्टीका प्रदेशसभा (क)का जगप्रशाद शर्मा (अपार)का विरुद्ध उनले उमेदवारी दिएका हुन । त्यस्तै कोमल वलीले पनि एमाले वाम गठवन्धनका प्रतिनिधि सभा सदस्यका उमेदवार एमाले नेता हिरा चन्द्र केसीका विरुद्ध उमेदवारी दर्ता गराएकी छन् । त्यस्तै प्रदेश सभा (ख) का वाम उम्मेदवार एमाले नेता उत्तर कुमार वलीका विरुद्ध वाईसियलका केन्द्रीय सचिव गेदलाल भण्डारीले बागी उमेदवार हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जानकारी दिएको छ । लोकतान्त्रिक गठवन्धका विरुद्धपनि दाङमा राप्रपाका नेताहरुले वागी उम्मेदवारी दिएका छन् ।