हत्या अभियोगमा दोषी ठहर भएका पूर्वसांसद बालकृष्ण ढुंगेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो सातदोबाटोबाट उनी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले ढुंगेललाई उनको डेराबाट पक्राउ गरेको हो।
पक्राउ परेका ढुंगेललाई सिआइबीले जिल्ला अदालत काठमाडाैंकाे फैसला कार्यान्वयन इकाइमा बुझाइएकाे सिआइबीका निर्देशक पुष्कर कार्कीले बताए।
माओवादी द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेकोमा दोषी ठहर गर्दै १२ वर्षअघि जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई आजीवन काराबासको सजाय सुनाएको थियो।
जिल्ला अदालतको सो आदेश राजविराजस्थित पुनरावेदन अदालतले उल्ट्याएपछि पीडित परिवारले सर्वोच्चमा मुद्दा हालेका थिए। ७ वर्षअघि सर्वोच्चले जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेको थियो।
यो पनि हेर्नुहोस्:
सुनसरी- ४: अर्थमन्त्री कार्कीले ताकेको फोरम अध्यक्ष यादवको चुनाव क्षेत्रवाम गठबन्धनले झुक्यायो : नयाँ शक्ति पार्टीका संयोजक भट्टराई सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। ढुंगेल २०६४ मा ओखलढुगा २ बाट सांसद निर्वाचित भएका थिए।
यसअघि कात्तिक ६ गते अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई पक्राउ गर भन्ने सर्वोच्च अादेश पालना नगरी अदालतको अपहेलना गरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरूद्ध सर्वोच्चमा रिट हालेका थिए।
सर्वोच्चमा रिट दायर भएको हप्ता दिनपछि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको निर्देशनपछि ढुंगेल प्रकाउ परेका हुन्।