प्रिय पाठकहरू,
सेतोपाटी बाह्रौं वर्षमा प्रवेश गरेको छ।
तपाईंहरूबाट सधैं प्राप्त विश्वास र भरोसा हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई सधैं प्रोत्साहित गरेको छ।
एघार वर्ष पूरा भएको अवसरमा हामी फेरि दोहोर्याउन चाहन्छौं — लोकतन्त्रको मूल्य-मान्यता, राष्ट्रियताको पक्षपोषण, सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिक हकअधिकार र स्वाभिमानप्रति हामी सधैं चनाखो रहनेछौं। हाम्रोजस्तो विविधतापूर्ण नेपाली समाजलाई अघि बढाउने बाटो नै समावेशी लोकतन्त्रको मध्यमार्ग हो भन्नेमा हामी प्रस्ट छौं।
यही वर्षदेखि सेतोपाटी एउटा महत्त्वपूर्ण घुम्तीमा आइपुगेको छ।
तपाईंहरूलाई थाहै छ, हामीले केही महिनाअघि सेतोपाटीको सदस्यता (सबस्क्रिप्सन) सुरू गरेका छौं।
सेतोपाटीको ११ औं वार्षिकोत्सवको अवसरमा हामीले अप्रिल १ देखि ३ सम्म वार्षिक सदस्यता शुल्कमा भारी छुटको व्यवस्था गरेका छौं। यी ३ दिनभित्र वार्षिक सदस्य बन्नेले ७९९ रूपैयाँ (७८ प्रतिशत छुटसहित) मात्र तिर्नुपर्ने छ। त्यस्तै विदेशबाट वार्षिक सदस्य बन्नेले १५ अमेरिकी डलर (७५ प्रतिशत छुटसहित) मात्र तिर्नुपर्ने छ।
त्यस्तै सेतोपाटीको ११ औं वार्षिकोत्सवका अवसरमा पाठकहरूका निम्ति हामीले यसअघि गरेका ११ वटा प्रिमियम स्टोरीहरू निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।
हरेक दिन एउटा स्टोरी निःशुल्क पढ्न मिल्ने गरी प्रकाशित हुनेछ।
हामीलाई आशा छ, तपाईंहरूले यी स्टोरी मन पराउनु हुनेछ र सदस्यता लिएर हाम्रो हौसला बढाइदिनु हुनेछ।
तलको फोटोमा क्लिक गरी सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।