मैले राजनीतिज्ञहरूलाई धेरैपटक लेखेर प्रश्न सोधेको छु। आज पहिलोपटक यो 'भिडियो ब्लग' मार्फत् बोलेर प्रश्न सोध्ने प्रयत्न गरेको छु। यी प्रश्न महिलालाई नागरिकताको हकमा गरिएका विभेदबारे छन्।
मेरा यी प्रश्न मुलुकका तीन प्रमुख नेता प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल र प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुन्। संविधान र कानुनमा महिलालाई जुन विभेद गरिएको छ, त्यसमा उहाँहरूकै मुख्य भूमिका छ। नेतृत्वमा रहेकाले त्यो जिम्मेवारी उहाँहरूले लिनैपर्छ।
तीन जना एक ठाउँ उभिएर 'हिजो जे भयो भयो, आजको समयमा महिलामाथि विभेद गर्नुहुन्न' भन्नुभयो भने कसैले विभेद गर्नुपर्छ भन्दैनन्। त्यसैले, यो असमान र अन्यायपूर्ण कानुनको अपजस पनि तपाईंहरूकै थाप्लोमा छ। त्यसैले प्रश्न तपाईंहरूलाई नै।
भिडियो-
यो पनि हेर्नुहोस्
मेरी छोरी कोहीभन्दा किन कम होस्!