मोटरसाइकल नेपालमा अत्यधिक रुचाइएको सवारी साधन हो। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जाम, साँघुरो सडकजस्ता कारण पनि मोटरसाईकल नेपालीहरुको रोजाइमा परेको जानकारहरु बताउँछन्।
यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷७४ को पहिलो ८ महिनासम्म विभागमा २० लाख ३४ हजार ९ सय ३६ वटा मोटरसाइकल दर्ता भएका छन्। नेपालमा वर्षेनि धेरै कम्पनी तथा मोडलमा मोटरसाइकल भित्रिए पनि कमैले मात्र ग्राहकको मन जित्न सक्छन्।
यस्ता छन् नेपालीहरुको रोजाइमा परेका मोटरसाइकलहरुहिरोको सुपर स्प्लेन्डरहिरो ब्राण्डको नेपालमा अत्याधिक धेरै प्रयोगमा आएको मोटरसाइकल हो सुपर स्प्लेन्डर। अहिले पनि नेपालमा बाइकहरुमध्ये सुपर स्प्लेन्डर धेरै रुचाइएको नेपाल जनरल मार्केटिङ प्रालिका अभिक ज्योतीले बताए।
हिरोका बाइकहरुले करिब २५ देखी ३० प्रतिशत मार्केट हिस्सा लिएको र त्यसमा पनि स्प्लेन्डरको हिस्सा धेरै रहेको ज्योतीको दाबी छ।अहिलेसम्म सुपर स्प्लेन्डर एक लाख भन्दा धेरै बिकेको उनले जानकारी दिए।
सुपर स्प्लेन्डरमा लेटेस्ट अइथ्रिएस टेक्नोलोजी प्रयोग भएको, कम मूल्य, टिकाउ, माइलेज धेरै दिने आदीको कारणले लोकप्रिय बन्न पुगेको ज्योतीले बताए।
नेपाली युवाहरुको शारीरिक बनोट र सडकअनुसार सुपर स्प्लेन्डर मोटरसाइकल उपयुक्त रहेको उनले बताए। मोटरसाइकल सिक्ने क्रममा पनि सुरुमै धेरैले सुपर स्प्लेन्डरबाटै थालनी गर्ने गरेका छन्। एक महिनाअघिसम्म ट्रायल सेन्टरमा पनि सुपर स्प्लेन्डर मोटरसाइकल नै चलनचल्तीमा रहेको थियो।
होण्डा साइनहोण्डा बाइकहरु नेपालमा स्याकार ट्रेडिङ कम्पनी प्रालिले बिक्री वितरण गर्दै अइरहेको छ। होण्डाका बाइकहरुमध्ये साइन सिरिज नेपालीहरुले अत्याधिक मन पराएको बाइक हो। हालसम्म नेपालमा करिव डेढ लाख साइन बाइक बिकेको कम्पनीका सेल्स म्यानेजर सोहन श्रेष्ठको दावी छ।
होण्डाले नेपालमा करिव ३३ प्रतिशत बजार हिस्सा लिएको उनले दावी गरे। नेपालको प्रत्येक ठाउँमा सर्भिस सेन्टर भएको, टोल फ्रि नम्बरबाट २४ सै घण्टा कम्पनीमा सम्पर्क गर्न सकिने सुविधा भएको, बिक्री पछिको सेवा, गुणस्तर, उच्च रिसेल भ्यालु आदीको कारणले होण्डाका बाइकहरु नेपालमा धेरै रुचाइएको श्रेष्ठले बताए।
बजाजको पल्सरनेपाली बजारमा अहिले पनि बजाजको पल्सर मोटरसाइकलमा आकर्षण उत्तिकै पाइन्छ। पल्सर २२० सबैभन्दा बढी रुचाइएको एचएच बजाजका एक कर्मचारीले जानकारी दिए। ‘नेपाली युवाहरुमा अहिले पनि सबैभन्दा धेरै आकर्षणमा परेको बाइक पल्सर २२० नै हो’ उनले भने ‘यसको राम्रो पिकअप, उत्कृष्ट इन्जिन क्षमता, स्टाइलिस स्वरुप, बिक्री पछिको सेवा जस्ता कारण लोकप्रिय बनेको छ।’
यामाहा एफजेड एस एफआइनेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज हो। नेपालमा यामाहा बाइकले मात्र करिव १६ प्रतिशत बजार हिस्सा ओगटेको एमएडब्लु इन्टरप्राइजेजका मार्केटिङ हेड बिनोद महर्जनको दावी छ। यामाहाको एफजेड एस एफआइ निकै लोकप्रिय रहेको महर्जनले जानकारी दिए।
यो मोडल मात्र नेपालमा २० हजार भन्दा धेरै बिकेको उनको दावी छ। यसमा रहेको ब्लुकोर टेक्नोलोजी, स्टाइलिस लुक्स, माइलेज, उत्कृष्ट पर्फमेन्स आदीको कारणले नेपालीहरुको रोजाइमा पर्न सफल भएको मर्हजनको भनाई छ। पछिल्लो समय ट्रायल सेन्टरमा पनि यामाहाकै मोटरसाइकलको प्रयोग गर्न थालिएको छ।
टिभिएस अपाचेनेपालको लागि टिभिएस बाइकको आधिकारीक बिक्रेता शंकर ग्रुप अन्तर्रगतको जगदम्बा मोटर्स हो। टिभिएसका बाइकले नेपालको करिव १० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीका मार्केटिङ हेड विक्रम पौडेलले जानकारी दिए।
टिभिएसको अपाचे सिरिज विगत १०/१५ वर्ष देखि लोकप्रिय भएको र अहिलेको नयाँ युवा पुस्ताले अपाचे आरटिआर २०० धेरै रुचाएको पौडेलले बताए।
अपाचे आरटिआर २०० मात्र हालसम्म करिव ७ हजार विक्री भएको उनले जानकारी दिए। आरटिआर २०० पहिलेको अपाचे भन्दा निकै नौलो प्रस्तुती, शक्तिशाली इन्जिन क्षमता, डिजिटल सिस्टम, जापानी सक प्रयोग गरिएको, कम्र्फटेवल भएका कारण युवा पुस्ताले बढी रुचाएको उनको भनाई छ। टिभिएसको नेपालभर ७५ भन्दा धेरै ठाउँमा डिलर र एक सय भन्दा धेरै ठाउँमा सर्भिस सेन्टर भएको पौडेलले जानकारी दिए।