जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितोसमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गरेकी छन्। सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको सन्देश पढेर सुनाएकी थिइन्।
जापानी सम्राट् अकिहितोले नेपालको बदलिँदो राजनीतिका कारण भइरहने फेरबदललाई विशेष चासोका रुपमा लिँदै राजदूत राणाको कार्यकाल सफलताको शुभकामना दिए।
जापानी सम्राट् र राजदूत राणाबीच गत वर्ष जापानको कुमामोतो क्षेत्रमा गएको भूकम्प पीडित जापानीलाई नेपाली राजदूतावास र नेपाली समाजले गरेको सहयोग तथा नेपालका भूकम्पपीडितलाई जापानी जनता र सरकारले गरेको सहयोगका विषयमा पनि छलफल भएको थियो ।
सन् २०१५ मा कुमामोतो क्षेत्रमा तत्कालिन कावा राजदूत गेहेन्द्रराज भण्डारी, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, व्यवसायी केशव थापा, प्रल्लाद महतलगायतको टोलीले खाद्यान्न र सरसफाइमा सहयोग गरेको थियो । सम्राट् अकिहितोले दुई दशकअघि नेपाल भ्रमण गरेका थिए।