बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आईतबार सडक डिभिजन कार्यालय मुजेलियाको मोटरसाईकल जलाएका छन् । जनकपुरबाट कार्यालयको कामका लागि जलेश्वरतर्फ आउँदै गर्दा राजपाका कार्यकर्ताहरुले सहोडवामा ज १ ब ३८२ नम्बरको मोटरसाईकल रोकी मट्टितेल छर्केर आगजनी गरेका हुन्।
आगजनीबाट मोटरसाईकल पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले सेतोपाटीलाई बताए ।