कर्मचारीहरूले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भब्य स्वागत गरेका छन्। राष्ट्रपति विद्या भण्डारी समक्ष सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री देउवाले सिंहरदरबार पुगेका थिए। उनको स्वागतमा कर्मचारीहरू लाइन लागेर हातमा फूलका गच्छा र माला लिएर बसेका थिए। देउवाले स्वागत ग्रहण गरिसकेपछि पदभार ग्रहण गरेका थिए।
पदभार ग्रहण गर्नु अघि नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मुख्य सचिव डा. सोमलाल सुवेदी, नेपाल सरकार सचिवहरु तथा उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भव्य स्वागत गरेका थिए।
पदभार ग्रहण गर्दै उनले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे। त्यसैगरी अन्तर प्रदेश समन्वयका लागि समन्वय परिषदको सचिवालय गठन गर्ने निर्णय पनि गरे। सात वटै प्रदेशको समन्वयका लागि गठन गरिएको परिषद प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा एक महाशाखाको रुपमा रहने व्यवस्था गरिएको छ। मुख्य सचिव डा. सोमलाल सुदेवीले संविधानको धारा २ सय ३४ बमोजिम गठन गर्ने भनिएको अन्तर प्रदेश समन्वय परिषद गठन गर्ने प्रस्ताव नवनिर्वाचित प्रधानमन्त्री देउवाले स्वीकृत गरेका हुन्।
हेर्नुहोस् तस्बिरमा