तीव्र गतिमा अघि बढिरहेको नेपालको एक निजी वायुसेवा कम्पनी, हिमालय एअरलाईन्सले विश्व भुगोलको मध्य-पूर्व क्षेत्रमा आफ्नो उपस्थितिलाई कायम राख्दै काठमाडौं-दुबईबीच सिधा उडान सुरू गरेको छ।
साताको ३ दिन, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने हिमालय एअरलाइन्सले, तीन वटा एअरवस A-320-214 मध्ये एउटा एअरबस यो रूटमा चल्नेछ। जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको हिमालयन एयरलाइन्सले जनाएको छ।
‘दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो,’ हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, एअरलाईन्सले मध्य-पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौ।’
काठमाडौं-दुबई बीच निरन्तर सेवा प्रदान गर्ने पूर्वनिर्धारित लक्ष्य भएको भन्दै श्रेष्ठले भने, ‘काठमाडौं- दुबइ उडान भर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौ, यसले युएईमा हाम्रो उडान सच्चालनलाई अझ मजबूत तुल्याउने छ।’
एयरलाइन्सले दुबईका लागि फिस्टेट ट्राभल एण्ड टुरिजमलाई यहाँको बिक्री एजेन्ट नियुक्त गरेको छ। जेनरल सेल्स एजेन्टका रूपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।
एयरलाइन्सले काठमाडौ–दुबई–काठमाडौं राउण्ड ट्रिपको सुरूआती टिकटदर २४ हजार ८ सय २७ र दुबई–काठमाडौं–दुबईको लागि सुरुआती टिकटदर एइडी ५० कायम गरेको छ। उक्त दरमा सरकारी कर समावेश नगरिएको एयरलाइन्सले जनाएको छ।
नेपाल-चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्स्ले तीव्र रूपमा आफ्नो बजार बिस्तार गर्दै अगाडि बढिरहेको छ। २०१४ मा स्थापित यस एअरलाईन्स्ले मे ३१, २०१६ देखि कतारको दोहामा आफ्नो सिधा नियमित उडान सुरु गरेको थियो। हाल एअरलाईन्सले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ र आज देखि दुबईमा पनि सिधा उडान सुरू गरेको छ।
यस एअरलाईन्स्ले २०१७ मा नयाँ गन्तव्यहरुसँग जोड्ने लक्ष्य राखेको छ। आगामी केही महिना भित्र दमाम, हङकङ र बैंकक सिधा उडान सुरू गर्ने योजना राकेको छ। त्यसपछि एअरलाईन्सले चाईनाको बेइजिङ र चेन्दुलाई आफ्नो थप गन्तव्य बनाउने योजना कायम राख्दै ल्हासा र गोन्जाओ जस्तै अन्य शहरहरुमा आफ्नो थप सेवा विस्तार गर्ने भएको छ।
एअरलाईन्सका हाल एअरबस A-320-214 सिरिजका साना आकारका तीन वटा जहाजहरू रहेका छन्, जसमा ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमता छ।
पहिलो र दोस्रो जहाज क्रमशः मार्च ९, २०१६ र जनवरी ३१, २०१७ मा ल्याईएको थियो भने भर्खर मार्च ३१, २०१७ मा तेस्रो जहाजलाई भित्राइएको छ।
आगामी पाँच बर्ष भित्र एअरलाईन्सले प्रन्ध वटा जहाज ल्याएर काठमाडौंलाई एसिया र एसियाबाहेक अन्य धेरै नयाँ गन्तव्यहरुसँग जोड्ने लक्ष्य राखेको छ।
एअरलाईन्सले आगामी दिनमा ठूला आकारका A-330 जहाज भित्र्याई जापान, कोरिया, युरोप, अमेरिकालगायतका गन्तव्यहरुमा पनि आफ्नो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।