डेभिड क्रिस्टियन चर्चित इतिहासविद हुन्। मानवविज्ञान, जीवविज्ञान र मनोविज्ञानका पनि ज्ञाता हुन्।
उनी अस्ट्रेलियन एकेडेमी अफ द ह्युम्यानिटिज, रोयल सोसाइटी अफ न्यू साउथ वेल्स, रोयल हल्यान्ड सोसाइटी अफ साइन्सका सदस्य समेत हुन्।
उनले 'बिग हिस्ट्री' बारे सिकाएका छन् र त्यसलाई प्रवर्द्धन समेत गरेका छन्।
सन् २०११ मा 'हिस्ट्री अफ द वर्ल्ड' शीर्षकमा प्रकाशित उनको करिब १८ मिनेट लामो 'टेड टक' भिडिओ ८५ लाखभन्दा बढीले हेरेका छन्।
उनका 'म्याप्स अफ टाइम', 'फ्युचर स्टोरिज, 'ओरिजिन स्टोरी' लगायत किताब प्रकाशित छन्।
उनै डेभिड क्रिस्टियनसँग सुमित शर्मा समिरले जीवन, ब्रह्माण्ड र मानवताको भविष्य विषयमा गरेको कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ सेतोपाटीमाः