द कन्भरसेसन- १५
बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा छ। खराब कर्जा उच्च छ, प्रतिफल घटेको छ। ऋणको माग पनि शिथिल देखिन्छ। यो हालत थेग्न नसकिएला भनेर कतिपय संस्थापकहरू नै सेयर बेचेर बाहिरिनुपर्ने तर्क गरिरहेका छन्।
बैंकहरू यस्तो अवस्थामा आउनुका पछाडि उनीहरू आफै पनि जिम्मेवार छन् भन्ने कतिपयको बुझाइ छ। कतिपय व्यक्ति भने राष्ट्र बैंकले केही वर्षअघि बैंकहरूको चुक्ता पुँजी चार गुणा वृद्धि गर्नुलाई कारण मान्छन्।
यति मात्र होइन, कोभिड कालपछि पैसा छापेरै बैकिङ प्रणालीबाट प्रवाह गरेको राष्ट्र बैंकले त्यसको केही समयमै कडा नीति लिएका कारण अहिलेको समस्या उत्पन्न भएको मान्नेहरू पनि छन्।
अर्थतन्त्र अहिलेको आकारमा विस्तार हुनुमा बैंकिङ क्षेत्रको ठूलो योगदान छ। यति हुँदाहुँदै नेपाली अर्थतन्त्रको संरचनामै समस्या रहेको र बैंकहरूले समेत यो संरचना फेर्न सहयोग नगरेको आरोप पनि लाग्छ।
यिनै विषयमा छलफल गर्दैछन् दुई अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ र डा. विश्वास गौचन।
राष्ट्रिय योजना आयोगका सदस्य श्रेष्ठले राष्ट्र बैंकको अनुसन्धान विभागमा लामो समय काम गरेका छन्। उनले अर्थ मन्त्रालयका लागि आर्थिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसकेका छन्।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) का कार्यकारी निर्देशक गौचनले राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा रहेर नेपाल र अफ्रिकामा करिब १० वर्ष काम गरेका छन्। चार्टर्ड एकाउन्टेटसमेत रहेका उनले बैंक तथा वित्तीय संस्थामा लामो समय बिताएका छन्।
हेर्नुहोस् उनीहरूको कुराकानी सेतोपाटीको 'द कन्भरसेसन' भिडिओमा: