नेपाली सेनाले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको तयारीका लागि क्वारेन्टाइन बनाएको छ।
सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको टेन्ट तयार गरेको हो। टेन्टहरुलाई ९ कलस्टरमा छुट्याइएको छ, प्रत्येक कलस्टरमा ६ वटा टेन्ट राखिएको छ ।
‘एउटा टेन्टमा २ जना विरामी राख्न सकिन्छ, उनीहरुलाई एकआपसमा पनि छुट्टै किसिमले सुत्ने व्यवस्था गरिएको छ जहाँ उनीहरुले हाछ्यौं गर्दा पनि भाइरस सर्दैन’ सेनानी डाक्टर ली बुढाथोकीले भनिन्। यी क्वारेन्टाइन मुख्य गरी सेनाको लागि तयार गरिएको हो।
सेनाको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा डाक्टर बुढाथोकीले भनिन् ‘यो क्वारेन्टाइनको मोडल हो र नेपाली सेनाको प्राय पृतनामा खेलकुद मैदानहरु छन्, त्यही मैदानलाई नै क्वारेन्टाइन बनाउने गरी यो मोडल तयार पारिएको छ।’
‘सैनिकहरुलाई कोरोनाको लक्षण देखिए उनीहरुलाई कसरी अरु सैनिकबाट छुट्याउने र कसरी उपचार गर्ने भनेर यो नमुना तयार पारेका हौँ,’ बुढाथोकीले भनिन्।
यो क्वारेन्टाइनको नमुनामा २ वटा आइसोलेसन वार्ड पनि बनाइएको छ जहाँ कोरोना भाइरस लागेका शंकास्पदलाई केही समय राखिनेछ।
डाक्टर बुढाथोकीले थपिन् ‘यो होल्डिङ एरियामात्र हो यदि कोरोनाको ‘साइन एण्ड सिम्पटम्स’ भेटियो भने एम्बुलेन्समार्फत हस्पिटल लगिनेछ’
हेर्नुस् भिडिओ