राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधविशेन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
महाधिवेशनले गर्दा भृकुटीमण्डप चुनावमय बनेको छ। तर मतदाता नामावली अहिलेसम्म पनि प्रकाशन नभएपछि कार्यतालिका प्रभावित भएको छ।
अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ।
समयमै विवादमा मिलाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो।
बुधबार राप्रपा महाधिवेशन उद्घाटन भएको थियो। उद्घाटनको कार्यक्रम अगाडि नै मतदाता नामावली प्रकाशनको टुंगो लगाइने भनिएको थियो। तर, दुबै पक्षको विवाद नटुंगिँदा बुधबार रातिसम्म पनि मतदाता नामावलीको टुंगो लागेन।
बिहीबार बिहानदेखि नै दुबै पक्षबीच छलफल भए पनि महाधिवेशन प्रतिनिधिबारे अन्तिम टुंगो लागिनसकेको एक नेताले सेतोपाटीलाई बताए।
हेर्नुस तस्बिरहरू: