नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा निर्वाचित विश्वप्रकाश शर्माले गगन थापा र आफू हल बाँधेर काम गर्ने बताएका छन्।
आफ्नो जित सुनिश्चित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।
'गगन थापा र म हल बाँधेर काम गर्छौं', उनले भने।
आफू जितेपछि थप जिम्मेवारी र गौरवान्वित भएको उनले बताए।
'म थप जिम्मेवारी गौरवान्वित र गम्भीर भएको छु', उनले भने।