नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्।
अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्।
३ हजार मत गणनामा गगनले २०३७ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १२५५ मत पाएका छन्। गगन र विश्वप्रकाशबीच ७८२ मतको अन्तर छ।
यस्तै प्रकाशशरण महतले १०२४ मत पाएका छन्। उनी विश्वप्रकाभन्दा २३१ मतले पछि छन्।
प्रदीप पौडेलले ९३५ मतसहित महतलाई पछ्याइरहेका छन्।
यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्। रिजालले ५४६ मत पाउँदा कार्कीले ७५ मत पाएका छन्।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३१२० मतगणनामा
- गगन कुमार थापा २०३७
- प्रकाश शरण महत १०२४
- प्रदिप पौडेल ९३५
- मिनेन्द्र रिजाल ५४६
- राजाराम कार्की ७५
- विश्व प्रकाश शर्मा १२५५
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।