राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि भइरहेको दोस्रो चरणको मतदान अझै जारी छ।
दिउँसो साढे तीन बजेदेखि सुरू भएको मतदान प्रकृया साँझ ७ बजेसम्म भनिए पनि अझै सकिएको छैन। रात परिसक्दा यो चिसोमा मतदाताहरु आफ्नो पालो पर्खेर लाइनमा बसिरहेका छन्।
मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरू हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिएका छन्।
सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो। पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।
देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन्।
हेर्नुहोस् मतदाताको लाइन