राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार नेतृत्व चयनका लागि मतदान भइरहेको छ।
पार्टी नेतृत्वका लागि ५ सभापतिसहित सयौं उम्मेद्वार मैदानमा उत्रिएका छन्। पार्टी नेतृत्वका आकांक्षीले आफूलाई विजयी बनाउन प्रचार-प्रसार गरिरहेका छन् ।
उम्मेदवार मात्र होइन उनीहरूका समर्थकले पनि विभिन्न पर्चा, पोष्टर बनाएर प्रचार-प्रसार गरिरहेका छन्। सोही प्रचारका क्रममा प्रदर्शनीमार्गको सडकभरि प्रचार सामग्री छरिएका छन्। यतिखेर प्रदर्शनीमार्ग, भृकुटीमण्डप, राष्ट्रिय सभागृह परिसरमा पर्चा र पम्प्लेटले भरिएको छ।
हेर्नुहोस् तस्बिरहरू