नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्। सोमबार बिहान ८ बजेबाट हुने पदाधिकारी र सदस्यका लागि मतदान केही समय ढिला सुरू भएको हो।
प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ। १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ।
महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ।
राष्ट्रियसभा गृह र भृकुटीमण्डपका दुई स्थानमा मतदान हुँदै छ। प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन्।
हेर्नुहोस् तस्बिरहरू